नेपालमा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि
कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।
हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १६ हजार ३१३ रहेको छ ।
मन्त्रालयका अनुसार आजै मात्र तीन जना संक्रमितको निधन भएको पुष्टि भएको छ । पर्साका एक पुरुषको गण्डक अस्पतालमा, मोरङ विराटनगरका एक जनाको कोशी अस्पतालमा र काठमाडौं टोखाकी ४१ वर्षीय महिलाको पाटन अस्पतालमा निधन भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम