गण्डकी प्रदेशमा शनिबार थपिए २४ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै शनिबार ४ जिल्लामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ सय ११ पुगेको छ ।
गत २४ घन्टामा क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको कुल ७८२ नमुना परिक्षणमा २४ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । आज संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जाका ७ जना, कास्कीका ३ जना, म्याग्दी र बाग्लुङका १\ १ जना रहेका छन्।
यसैगरी गण्डकी प्रदेशमा हालसम्म १४ सय ४३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा