वीर अस्पतालका एक जना वरिष्ठ चिकित्सकमा कोरोना पुष्टि
कल्पना आचार्य \काठमाडौं : काठमाडौंको वीर अस्पतालमा कार्यरत एक जना वरिष्ठ चिकित्सकमा आज कोरोना संक्रमण पुष्टि भएको छ ।
मेडिसिन तर्फका डा रहेका उनमा आज वीर अस्पतालकै प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । उनी मेडिसिन तर्फका सिनियर चिकित्सक रहेको खुलेको छ । आजैबाट वीर अस्पतालाई पनि कोरोना अस्पतालको रुपमा स्वास्थ्य मन्त्रालयले सूचीकृत गरेकाले उनको वीर अस्पतालकै आइसोलेसनमा राखेर उपचार गरिएको जनाइएको छ ।
उनले केही दिनदेखि आफूलाई ज्वरो आएकाले हिजो राति अस्पतालमा भर्ना भई आज बिहान कोरोना परीक्षण गर्नका लागि स्वाब दिएका थिए । उनी साँझको समय निजी अस्पातलमा पनि कार्यरत रहेको बुझिएको छ ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?