Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतको गुजरातमा कोभिड अस्पतालमा आगो लाग्दा आठ संक्रमितको मृत्यु

भारतको गुजरातमा कोभिड अस्पतालमा आगो लाग्दा आठ संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइ \काठमाडौं : भारतको गुजरात राज्यमा कोरोना संक्रमितहरुलाई राखिएको एउटा अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ ।

अहमदाबादको नवरंगपुर क्षेत्रमा भएको उक्त घटनामा मृतकमध्ये तीन जना महिला भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

अहमदाबादका एक वरिष्ठ अधिकारीले स्थानीय श्रेय अस्पतालमा बिहान ३ बजेतिर आगो लागेको बताएका छन्।

अस्पतालको बिजुलीको शर्ट सर्किटका कारण आगो लागेको बताइएको छ। एक घण्टामा नै आगो नियन्त्रण आएको थियो। उक्त अस्पतालबाट उद्धार गरेर कोभिड पुष्टि भएका ४० बिरामीलाई अर्को अस्पतालमा सारिएको अधिकारीहरूले बताएका छन्।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि