प्रदेश २ का कानून मन्त्री यादवलाई कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रदेश नम्बर २ का एकजना मन्त्री र एक जना महिला प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार गरिएको परीक्षणमा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवमा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडौंबाट गएर साउन १९ गते स्वाब संकलन गराएका उनको रिपोर्ट पोजेटिभ आएको बताइएकाे छ ।
यादव अहिले मन्त्रालयको निवासमै होम आइसोलेसनमा बसेका छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गराउन पनि आग्रह गरेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा