संक्रमित स्टाफ नर्सले नै पाएनन उचित आइसोलेसन, अस्पतालले बेवास्ता गरेको आरोप
हेल्थ टिभी अनलाइन\ काठमाडौं : यतिबेला कोरोना महामारीको अग्रपंङ्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई नै आइसोलेसनको समस्या हुन थालेको छ ।
जनकपुरस्थित प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका थप १३ जना कर्मचारीमा गत मंगलबार साउन २० गते कोरोना संक्रमण पुष्टि भएपछि यो समस्या आएको हो । यी मध्ये अस्पतालका ६ जना स्टाफ नर्स रहेका छन् । स्टाफ नर्सहरुमा कोरोना पुष्टि भएपछि पनि उनीहरुलाई आइसोलेसनको छुट्टै व्यवस्था नगरी पुरानै संक्रमितसँग बस्न अस्पतालले दवाव दिएको उनीहरुरुको आरोप छ ।
आइसोलेसनमा यसै पनि बेड भरिभराउ भएको र निको हुन लागेका संक्रमितसँग सँगै बस्दा उल्टो उनीहरुलाई संक्रमण हुनसक्ने भन्दै विरोध गर्दा अस्पतालले धम्की दिएको नर्सहरुको आरोप छ । स्टाफ नर्सहरुले अस्पतालमा कोरानासँग मिल्ने लक्षण भएका बिरामी आउँदा पनि पीपीई नदिंई उपचारमा खटाउँदा आफूहरु संक्रमित हुन पुगेको बताएका छन्। उनीहरुले एकै स्वरमा भने, ‘हामी आफनो सेवामा हुँदा संक्रमित भयौं त्यसमा कुनै गुनासो छैन् तर अब त बस्ने खाने उचित व्यवस्था हुनु पर्यो नि । त्यसको पनि व्यवस्था नहुने हो भने हामी ज्यान जोखिममा राखेर के का लागि र कसका लागि कामा गर्ने त ?’ उनीहरुले प्रश्न गरे ।
उता कोभिड -१९ अस्पताल जनकपुरका संयोजक डा जामुन शाहले भने उनीहरुको व्यवस्थापनमा केही समस्या भएको भए पनि छिटै समस्या समाधान हुने बताए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित