गंगालाल अस्पतालमा आज साँझ थप १२ जना कर्मचारीमा कोरोना पुष्टि
संक्रमित हुनेमा स्टाफ नर्सदेखि सरसफाई कर्मचारीसम्म
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा थप १२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पताल स्रोतका अनुसार यसअघि कोरोना पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण गर्दा थप १२ जनामा कोरोना पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि हुनेहरुमा स्टाफ नर्सदेखि सरसफाई कर्मचारी र सुरक्षा गार्डसम्म रहेका छन्। स्थायी कर्मचारीलाई अस्पतालले आफनै आइसोलेसन सेन्टरमा राखेको छ भने अन्य संक्रमितलाई भने किर्तिपुर र केएमसी अस्पतालको आइसोलेसन सेन्टर दुवाकोट लैजाने तयारी भएको बताइएको छ ।
यसअघि पनि गंगालाल अस्पतालमा बिरामी, नर्स एवं चिकित्सकमा कोरोना देखिएको थियो । त्यसो त पछिल्लो समय अस्पतालमा उपचार गराउन आउने बिरामी र स्वास्थ्यकर्मीमा नै बढी संक्रमण देखिन थालेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा