Health TV Online
Health TV Online

काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्दो, आज पनि थपिए ६२ जना

काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्दो, आज पनि  थपिए ६२ जना

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा संक्रमितको संख्या थपिने क्रम रोकिएको छैन्।

आज पनि काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विभिन्न अस्पताल एवं प्रयोगशालामा गरिएको परीक्षणमा  ६२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको बताए ।

डा गौतमका अनुसार बुधबार संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ५७ जना र ललितपुरका ५ जना रहेका छन्। आज भक्तपुरमा भने संक्रमित फेला परेनन्।  योसँगै बुधबार देशभर ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३० जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन