काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्दो, आज पनि थपिए ६२ जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा संक्रमितको संख्या थपिने क्रम रोकिएको छैन्।
आज पनि काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विभिन्न अस्पताल एवं प्रयोगशालामा गरिएको परीक्षणमा ६२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको बताए ।
डा गौतमका अनुसार बुधबार संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ५७ जना र ललितपुरका ५ जना रहेका छन्। आज भक्तपुरमा भने संक्रमित फेला परेनन्। योसँगै बुधबार देशभर ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३० जना कोरोना जितेर डिस्चार्ज भएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा