थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या ६० पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ३८१ जनामा कोरोना संक्रमण पुष्ट भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म विभिन्न अस्पतालमा उपचार गराइरहेका सक्रिय संक्रमितको संख्या ६१७४ रहेको छ । गत २४ घण्टामा १३० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १५ हजार १५६ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६० जनाले ज्यान गुमाएका छन्। आज मात्रै दुई जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा