Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गंगालाल अस्पतालका चिकित्सक, नर्स र बिरामीसहित ६ जनामा कोरोना पुष्टि

गंगालाल अस्पतालका चिकित्सक, नर्स र बिरामीसहित ६ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय ह्दय केन्दका चिकित्सक, नर्स र बिरामीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

स्रोतका अनुसार अस्पतालमा कार्यरत एक जना चिकित्सक, एक जना नर्स र ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।

यसैगरी मुटुको उपचारका लागि भर्ना भएका ३ जना बिरामीमा पनि कोरोना पुष्टि भएको छ । बिरामी संक्रमितलाई  पाटन अस्पतालको आइसोलेसनमा पठाइएको र संक्रमित चिकित्सक, नर्स र ल्याबका कर्मचारीलाई अस्पतालकै आइसोलेसनमा राखिएको बताइएकाे छ । यसबारेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले गंगालाल अस्पतालमा कोरोना पोजेटिभ देखिएको पुष्टि गर्दै कतिजना भन्ने आफूलाई एकिन जानकारी नभएको बताए । उनले भने,’ कोरोना पोजेटिभ देखिएर केहीलाई पाटन अस्पताल लगिएको छ तर ठ्याक्कै कति संख्या भन्ने चाहिं याद भएन ।’

यसअघि पनि  गंगालाल अस्पातलमा उपचाररत बिरामी र सुरक्षागार्डमा कोरोना पुष्टि भएको थियो । साथै गंगालाल अस्पताल अघि रहेकाे रेस्टुरेन्ट सञ्चालकलाई कोरोना पुष्टि भएपछि उनको कन्टयाक्टमा आएका परिवारको परीक्षण गर्दा परिवारका ३ जना सदस्यलाई पनि कोरोना पुष्टि भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि