गंगालाल अस्पतालका चिकित्सक, नर्स र बिरामीसहित ६ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय ह्दय केन्दका चिकित्सक, नर्स र बिरामीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
स्रोतका अनुसार अस्पतालमा कार्यरत एक जना चिकित्सक, एक जना नर्स र ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।
यसैगरी मुटुको उपचारका लागि भर्ना भएका ३ जना बिरामीमा पनि कोरोना पुष्टि भएको छ । बिरामी संक्रमितलाई पाटन अस्पतालको आइसोलेसनमा पठाइएको र संक्रमित चिकित्सक, नर्स र ल्याबका कर्मचारीलाई अस्पतालकै आइसोलेसनमा राखिएको बताइएकाे छ । यसबारेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले गंगालाल अस्पतालमा कोरोना पोजेटिभ देखिएको पुष्टि गर्दै कतिजना भन्ने आफूलाई एकिन जानकारी नभएको बताए । उनले भने,’ कोरोना पोजेटिभ देखिएर केहीलाई पाटन अस्पताल लगिएको छ तर ठ्याक्कै कति संख्या भन्ने चाहिं याद भएन ।’
यसअघि पनि गंगालाल अस्पातलमा उपचाररत बिरामी र सुरक्षागार्डमा कोरोना पुष्टि भएको थियो । साथै गंगालाल अस्पताल अघि रहेकाे रेस्टुरेन्ट सञ्चालकलाई कोरोना पुष्टि भएपछि उनको कन्टयाक्टमा आएका परिवारको परीक्षण गर्दा परिवारका ३ जना सदस्यलाई पनि कोरोना पुष्टि भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा