नेपालगञ्ज कारागारका १३ जनालाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्ज कारागारबाट संकलित नमुना मध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालले आज साँझ ५ बजे विज्ञप्ति जारी गर्दै नेपालगञ्ज कारागारबाट संकलित नमुनामध्ये १३ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।
कारागारका १३ र अर्का दाङका एक जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । बाँकेमा समुदाय स्तरमा कोरोना देखिन थालेपछि स्थानीय प्रशासनले आइतबारदेखि आज अर्थात मंगलबारसम्म निशेषाज्ञा जारी गरेको थियो । सो समय थपेर निशेधाज्ञा शनिबारसम्म पुर्याइएको छ ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?