काठमाडौं भित्रिने नाकाबाट संकलन गरिएका स्वाबमध्ये ४० जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं भित्रिने मुख्य तीन नाकाबाट संकलन गरिएको स्वाब मध्ये ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबारको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संकलित नमुनामा ४० जनामा कोरोना देखिएको बताएका हुन्। उनका अनुसार लकडाउनपछि काठमाडौं उपत्यका भित्रिने मुख्य नाका नागढुंगा, साँगा र फर्पिङबाट १० हजार ८५्३ वटा नमुना संकलन गरिएकोमा ४० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
सरकारले कोरोना संक्रमणको अवस्था बुझ्नका लागि लकडाउन खुलेपछि विभिन्न जिल्लाबाट उपत्यका भित्रिनेहरुको नमुना संकलन गरेको थियो । यसरी संकलन गरिएका नमुना मध्ये नागढुंगामा १६ जना, साँगामा १३ जना र फर्पिङमा ११ जनामाा कोरोना देखिएको डा गौतमले बताए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा