Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं उपत्यकामा मंगलबार थप ६२ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा मंगलबार थप ६२ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा मंगलबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज उपत्यकामा रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३८ जना र भक्तपुरका ११ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी त्रिवि शिक्षण अस्पताल नेपाल प्रहरी अस्पताल स्टार अस्पताल लगायतका प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको छ ।

यसरी पुष्टि हुनेहरुमा काठमाडौंका ४८ जना,  भक्तपुरका १३ जना र ललितपुरका १ जना रहेका छन्। योसँगै आज नेपालभर २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि