काठमाडौं उपत्यकामा मंगलबार थप ६२ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा मंगलबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज उपत्यकामा रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३८ जना र भक्तपुरका ११ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी त्रिवि शिक्षण अस्पताल नेपाल प्रहरी अस्पताल स्टार अस्पताल लगायतका प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको छ ।
यसरी पुष्टि हुनेहरुमा काठमाडौंका ४८ जना, भक्तपुरका १३ जना र ललितपुरका १ जना रहेका छन्। योसँगै आज नेपालभर २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा