काठमाडौंमा कोरोनाको जोखिम बढेपछि मन्त्रालयले तोक्यो १४ वटा अस्पताललाई स्वाब संकलन केन्द्र
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना संक्रमणकाे जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वाब संकलन गर्नका लागि १४ वटा अस्पताललाई तोकेको छ ।
मन्त्रालयले मंगलबार सूचना जारी गर्दै उपत्यकाका १४ अस्पतालमा गएर बिहान ९ बजेदेखि १ बजेसम्म स्वाब दिन सकिने जनाएको छ । अबदेखि कसैलाई कोरोनाको आशंका लागेमा वा कोरोना संक्रमित भएका स्थानबाट आएकाहरुले निम्न अस्पतालमा गएर स्वाब दिन सक्नेछन्। ती अस्पतालहरु यसप्रकार छन्।
त्रिवि शिक्षण अस्पताल महाराजगंज, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सिभिल अस्पताल, भक्तपुर अस्पताल, नेपाल प्रहरी अस्पताल, बिरेन्द्र सैनिक अस्पताल, प्रसुती गृह, वीर अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल रहेका छन्। यसैगरी निजीबाट ह्याम्स अस्पताल, स्टार अस्पताल र केएमसी अस्पतालमा गएर कोरोना परीक्षणका लागि स्वाब दिन सकिने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम