अमेरिकामा संक्रमितको संख्या ४८ लाख ६२ हजार नाघ्यो, २४ लाखले जिते कोरोना
हेल्थ टिमी अनलाइन\ काठमाडौं: कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित अमेरिका बन्न पुगेको छ ।
अहिलेसम्म बढी संक्रमित र मृत्यु संख्या अमेरिकामा देखिएको छ । वर्ल्डोमीटरका अनुसार अमेरिकामा हालसम्म ४८ लाख ६२ हजार १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी १ लाख ५८ हजार बढी संक्रमितको मृत्यु भइसकेको छ । गत २४ घण्टामा मात्रै त्यहाँ ४८ हजार ६२२ जना नयाँ संक्रमित थपिएका छन् भने ५६८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।
अमेरिकामा हालसम्म संक्रमितको ५० प्रतिशत अर्थात २४ लाख ४६ हजार बढी मानिसले कोरोना जितेर डिस्चार्ज भएका छन्। अमेरिकामा न्यूयोर्क र क्यालिफोर्निया बढी प्रभावित बनेको पाइएको छ । अमेरिकापछि ब्राजिल र भारतमा बढी संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा