काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा सोमबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज उपत्यकामा रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५१ जनामा कोरोना पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, वीर अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल र स्टार अस्पतालमा गरिएको परीक्षणमा उनीहरुका कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंका ४३ , भक्तपुरका ५ र ललितपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसहित आज मात्रै नेपालभर ४१८ जनामा कोरोना पुष्टि भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा