Health TV Online
Health TV Online

सुदूरपश्चिममा थप ४८ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप ४८ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \डडेल्धुरा : सुदूरपश्चिममा थप ४८ जनामा कोरोना पुष्टि भएको छ। आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा थप ४८ जनामा कोरोना पुष्टि भएको हो।

४ वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ३२, डोटीका १२, बझाङका २, दार्चुला र बैतडीका १÷१ जनामा संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका ११, कैलालीका १० र बझाङका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको परीक्षणमा दार्चुृलाका १ जना र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा डोटीका १ जनामा पनि कोरोना पुष्टि छ।

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २ सय ३८ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका २२ र बैतडीका १ गरी २३ जनामा संक्रमण पुष्टि सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको बर्दगोरी गाउँपालिका–५ का ३ महिला र ५ पुरुष गरी ८ जना, टीकापुर नगरपालिकाका २ महिला र ५ पुरुष गरी ७ जना, मोहन्याल गाउँपालिका–५का २ पुरुष, जोशीपुर गाउँपालिका–१का १ पुरुषमा कोरोना पुष्टि भएको हो।

यस्तै धनगढी उप–महानगरपालिकाका २ पुरुष, घोडाघोडी नगरपालिका–१ र गोदावरी नगरपालिकाका १÷१ पुरुषमा पनि कोरोना पुष्टि भएको छ। बैतडीको पाटनका २६ वर्षीय युवकमा समेत कोरोना पुष्टि भएको छ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ४० पुगेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार