काठमाडौं उपत्यकामा आज पनि थपिए ३१ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार पनि ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना संक्रमित पुष्टि भएको बताएका हुन्।
उनीहरुको राजधानीका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । लकडाउन खुलेसँगै पछिल्लो समय दैनिक रुपमा काठमाडौंमा संक्रमित फेला पर्दै आएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा