नेपाल क्यान्सर अस्पतालको ‘कोरोनासँगै बाँच्न सिकौं’ अभियान
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले कोरोनासँगै बाँच्न सिकौं भन्ने अभियान अघि सारेको छ ।
कोरोनाबाट डराएर भन्दा पनि यसबाट बच्ने उपायहरु अपनाउँदै अघि बढ्नुपर्ने सन्देश दिंदै अभियान शुरु गरिएको बताउँछन् अस्पतालका अध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठ । उनले भने, ‘कोरोनासँग कहिलेसम्म डराएर घरमै बस्ने ? यो कहिले समाप्त हुन्छ भन्न सकिंदैन किनकी यसको अहिलेसम्म न त कुनै औषधि छ नत कुनै खोप नै ।’ यो अवस्थामा आत्तिएर डराएर मात्र हुँदैन उनले थपे । यसका लागि आफूहरुले अस्पातलमा कार्यरत सफाई कर्मचारीदेखि चिकित्सकसम्म सबैलाई कोरोनाबाट बच्न के के उपाय कसरी अपनाउने भन्ने बारेमा तालिम समेत दिइसकेको बताउँछन् डा श्रेष्ठ ।
अस्पतालले उपचारका लागि आउने बिरामी र तिनका आफन्तलाई समेत यस विषयमा काउन्सिलिङ गर्ने गरिएको जनाएको छ । मास्क कसरी लगाउने, दूरी मेन्टेन कसरी गर्ने, भिडभाडमा जानै परे कसरी जाने, कुन बेला सेनिटाइजर प्रयोग गर्ने लगायतका उपायहरुकाबारेमा नियमित छलफल हुने गरेको उनले जानकारी दिए ।
डा श्रेष्ठ भन्छन् ,’काेराेनासँग भाग्न सक्दैनौं र यसमा मात्र फोकस हुँदा अन्य राेगका बिरामीको अवस्था जटिल हुनसक्छ भन्ने कुरा पनि हामीले बुझ्ने बेला भइसक्यो । यसका साथै हामी सर्वसाधारण पनि आफै सचेत हुन जरुरी छ । सरकारले मात्र गरेन भनेर बसेर कोरोना जाँदैन्। हामीले हरेक मानिसलाई कोरोना हुनसक्छ भन्ने शंकामा राखेर जोगिनका लागि आफै पहल गर्यौं भने यसबाट धेरै हदसम्म जोगिन सक्छौं।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा