Health TV Online
Health TV Online

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज थप २० जनमा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदशेमा कुल कोरोना संक्रमितको संख्या १५ सय ५ पुगेको छ ।

आइतबार संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जाका ८ जना, कास्कीका ६ जना,लमजुङका ३ जना, तनहुँका २ जना र बाग्लुङका १ जना रहेका छन्। उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार