ड्युटीमा खटिएका ट्राफिक प्रहरीमा कोरोना संक्रमण, ३७५ जना क्वारेन्टाइनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : ड्युटीमा खटिएका दुईजना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी कार्यालय बग्गीखानामा सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ ।
समूहमा बस्ने उनीहरुलाई कोरोना पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टाइनमा राखिएको बताइएको छ ।
यसअघि पनि ट्राफिक प्रहरीलाई कोरोना पुष्टि भएको थियो । अहिले सबै सेवाग्रहीलाई प्रवेशमा निषेध गरिएको छ। र आवतजावत कम गर्न आग्रह गरिएको छ ।
पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमणको दर बढेर गएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा