Health TV Online
Health TV Online

बाँकेमा आजबाट तीन दिनसम्म लकडाउन

बाँकेमा आजबाट तीन दिनसम्म लकडाउन

हेल्थ टिभी अनलाइन\ बाँके:  बाँकेमा आजबाट पुन लकडाउन शुरु भएको छ । कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै बाँके प्रशासनले पहिलो चरणमा तीन दिनका लागि लकडाउन अर्थात निशेधाज्ञा जारी गरेको हो ।

बाँकेमा शुरुमा संक्रमितको संख्या धेरै नै भए पनि बीचमा संख्या घटेको थियो । तर लकडाउन खुलेसँगै पुन संक्रमितको संख्या एकैपटक बढेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको संयोजकत्वमा बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बाँकेमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको परीक्षणमा शुक्रबार एकैदिन २७ जनालई कोरोना संक्रमण पुष्टि भएको थियो ।

सेवाग्राहीको बढी भिडभाड हुने आन्तरिक राजश्व कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारी एवं मिठाइ पसल सञ्चालकमा समेत कोरोना देखिएपछि बाँकेमा कोरोना समुदायस्तरमा फैलिएको आशंका गरिएको भन्दै सतर्कता अपनाईको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार