म्याग्नस फर्मामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : बारास्थित औषधि कम्पनी म्याग्नस फर्मामा काम गर्ने कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बाराको रामपुर टोकनी गाउँपालिकामा अवस्थित औषधि कम्पनी म्याग्नस फर्मामा कार्यरत ५ जना कर्मचारीमा कोरोना पुष्टि भएको हाे । कम्पनीमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अन्यको पनि स्वाब संकलन गरेर परीक्षण गर्ने बताइएकाे छ ।
उनले उनीहरु मध्ये धेरै जना एउटै रुम सेयर गरेर बस्ने भएकाले पनि संक्रमण देखिएको हुनसक्ने अनुमान गरिएकाे छ । उनीहरु त्यहींको स्थानीयहरु भएको बताइएको छ । म्याग्नस फर्मा नेपालको अग्रणी औषधि कम्पनी हो । जसको मुख्य कार्यालय वीरगंजमा रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा