Health TV Online
Health TV Online

सरकारी कर्मचारी सरह सेवा सुविधाको माग गर्दै निजामती अस्पतालका कर्मचारीहरु आन्दोलनमा

सरकारी कर्मचारी सरह सेवा सुविधाको माग गर्दै  निजामती अस्पतालका कर्मचारीहरु आन्दोलनमा

हेल्थ टिभी अनलाइन\ काठमाडौं : मीनभवनस्थित निजामती कर्मचारीअस्पतालका कर्मचारीहरु सरकारले तोकेको न्युनतम पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आन्दोलनमा उत्रिएका छन्। उनीहरु आफ्ना समस्या र मागबारे पटक–पटक व्यवस्थापनलाई जानकारी गराएको भए तापनि यसलाई बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन्।

सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउँदै आएको निजामती कर्मचारी अस्पतालका कर्मचारीको माग पूरा नहुँदा अस्पतालमा कार्यरत कर्मचारी पलायन हुने तथा असुरक्षित महसुस गर्ने गरेको बताँउछन् ।

निजामती कर्मचारी अस्पताल कर्मचारी संघले आफुहरु संवेदनशील भए पनि व्यवस्थापनले यसबारे कुनै चासो नदेखाएको जनाएको छ । संघले सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई भेटी अस्पतालका कर्मचारीहरुलाई सरकारी कर्मचारी सरह तलब, ग्रेड तथा स्वास्थ्य बिमा सुविधाको ब्यवस्था गरिनुपर्ने, अस्पतालको विनियमावलीमा रहेको विभेदकारी बढुवालाई संशोधन, करारका कर्मचारीहरुलाई एक पटकका लागि आन्तरिक स्थायीका लागि मौका परीक्षामा सामेल गराउनुपर्ने लगाायतका माग राख्दै ज्ञापन पत्र बुझाएका छन्।

अस्पताल कर्मचारी संघका अध्यक्ष सन्तोष धिमाल वर्षौंसम्म पनि व्यवस्थापनले आफूहरुको माग पूरा गर्नेतर्फ ध्यान नदिएको बताँउछन् । धिमाल व्यवस्थापनले आफूहरुलाई बेवास्ता गर्दै आएको बताउँछन् । ‘कोरोना महामारीका समयमा हामी संवेदनशील छौँ । तर, अस्पताल व्यवस्थापनले हामीले राखेका न्युनतम पारिश्रमिक र सेवासुविधाको मागका सम्बन्धमा के भइरहेको छ भन्ने सम्बन्धमा पटकपटक जानकारी माग गर्दा समेत बेवास्ता गर्दै आएको छ ।

संघले गत वर्ष व्यवस्थापनसँग विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । तत्कालिन समयमा व्यवस्थापनले माग एक वर्षको समयसीमा माग गरेको थियो । व्यवस्थापनले माग गरेको समयसीमा लकडाउन अवधिमा सकिएको छ । तर मागका सम्बन्धमा व्यवस्थापनले कुनै जानकारी नगराएको कर्मचारीहरुको गुनासो छ । सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको अस्पतालको मेरुदण्डका रुपमा रहेका कर्मचारीहरुले न्युनतम सेवा सुविधा नपाँउदा अस्पतालले प्रवाह गर्ने सेवासुविधामा असर पर्ने देखिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार