भारतमा कोरोना संक्रमितको संख्या १७ लाख नजिक
हेल्थ टिभी अनलाइन\ काठमाडौं : भारतमा कोरोना संक्रमितको संख्या झण्डै १७ लाख पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ शनिबार बिहानसम्म संक्रमितको संख्या १६ लाख ९७ हजार ५४ पुगेको छ । यसैगरी हालसम्म भारतमा ३६ हजार ५५१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार ११७ जना कोरोना संक्रमित थपिएका छन् भने ७६४ जनाको मृत्यु भएको छ । यसैगरी भारतमा अहिलेसम्म १० लाख ९४ हजार ३७४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। ५ लाख ६५ हजार बढी सक्रिय संक्रमित रहेको बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा