बझाङमा क्वारेन्टाइनबाट घर पठाइएका २५ जनामा कोरोना संक्रमण देखियो
हेल्थ टिभी अनलाइन \डडेल्धुरा : बझाङमा अहिलेसम्मकै बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार एकै दिन केदारस्युँका २५ जना, छबिसपाथिभेराका १ जना र मष्टाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यी मध्ये २५ जना क्वारेन्टाइनमा राखेर स्वाब संकलन गरी घर पठाइएकाहरु रहेका छन्।
यो सँगै बझाङमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १ सय ९९ पुगेको छ । शुक्रबार केदारस्युँ गापाका वडा नम्बर ६ र ७ का ९ महिला र १६ पुरुष गरी २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङका कोरोना फोकल पर्सन नारायण जोशीले बताए ।
छबिसपाथिभेरा ७ नम्बर ४२ वर्षिय पुरुष र मष्टाका एक पुरुषमा कोरोना संक्रमण देखिएको उनले बताए । केदारस्युँ गाउँपालिकामा संक्रमण देखिएकाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परिक्षण गरिएको हो भने छबिसपाथिभेरा गाउँपालिका र मष्टा गाउँपालिकामा संक्रमण देखिएकाहरुको सेती प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।
केदारस्युँ गाउँपालिकाका संक्रमितहरु १४ दिन क्वारेन्टाइनमा बसेर पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेर एकहप्ता अगाडी घर पठाइएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा