वीरगञ्जमा दुई दिनमा तीन जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \पर्सा : वीरगञ्जमा दुई दिनमा तीन जना संक्रमितको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बिहीबार दुई जना र शुक्रबार एक जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको जनाए । यसरी मृत्यु हुनेहरुमा एक जना संक्रमितको उपचारकै क्रममा कोभिड अस्पतालमै मृत्यु भएको र एक जनको भने घरमै मृत्यु भएको र पछि कोरोना पुष्टि भएको हो ।
यसैगरी अर्को व्यक्ति वीरगञ्जकै व्यापारी रहेको र उनलाई केही दिन अघि कोरोना पुष्टि भएपछि अस्पतालमा रहेका बेला हिजो राति १२ बजे मृत्यु भएको बताइएको छ । यसरी दुई दिनमै वीरगञ्जमा तीन जना संक्रमितको मृत्यु पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ५५ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा