बाँकेमा आइतबारदेखि पुन: लकडाउन
हेल्थ टिभी अनलाइन\ बाँके : बाँकेमा स्थानीय प्रशासनले फेरि लकडाउन गर्ने भएको छ ।
जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको आकस्मिक बैठकले आगामी आइतवारदेखि फेरि लकडाउन गर्ने निर्णय गरेको हो ।
बाँकेमा कोरोना संक्रमणको जोखिम बढेसँगै बाँके प्रशासनले दोस्रो पटक लकडाउन गर्न लागेको बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिएका छन्। बाँकेमा लकडाउन खाेलेपछिको भिडभाडका कारण एकैपटक आज २७ जना संक्रमित थपिएसँगै स्थानीय प्रशासनले पुन: लकडाउन गर्ने निर्णय गरेको हो ।
बढी भिडभाड हुने राजश्व कार्यालय, यातायात कार्यालय, मिठाई पसल र उनको कन्ट्रयाक्टमा आएका गरि १६ जना ब्यक्ति गरेर एकैपटक आज २७ जना संक्रमित थपिएसँगै स्थानीय प्रशासनले समुदायस्तरमै कोरोना फैलिएको निष्कर्षसहित फेरि लकडाउन गरेर कोरोना रोकथाम तथा नियन्त्रणको प्रयासमा जुट्न बाध्य भएको जनाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित