गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै बिहिबार ६ जिल्लाका ३८ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ सय ७९ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जाका ११ जना, बाग्लुङका ६ जना, कास्कीका १४ जना, लमजुङका ३ जना, तनहुँका ३ जना, र नवलपरासीका १ जना रहेका छन्। संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दुले बताए ।
गण्डकी प्रदेशमा हालसम्म १२ सय ३० जना कोरोना जितेर डिस्चार्ज भएका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम