गंगालाल अस्पतालका दुई जना बिरामीमा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा उपचाररत दुई जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार काठमाडौं उपत्यकामा १५ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रायलले जनाएको थियो । सो मध्ये गंगालाल अस्पतालमा उपचाररत काठमाडौंका एकजना रहेकाे पाइएकाे छ । अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले अस्पतालमा आएका दुई जना बिरामीका कोरोना देखिएको पुष्टि गर्दै एक जना काठमाडौंका र अर्का एक जना जनकपुरबाट आएको जानकारी दिए । यसका साथै डा अधिकारीले भने , ‘पूरा सतर्कताका साथ बिरामीको उपचार गरिएकाले अस्पतालको सेवामा भने कुनै असर पर्दैन्। ढुक्क भएर सेवा लिन आउन सकिन्छ ।’
काठमाडाैंका संक्रमित गंगालाल अस्पतालको गेट अगाडी नै रेस्टुरेन्ट चलाउने व्यक्ति रहेको खुलेकाे छ । जहाँ अस्पतालकै डाक्टर, कर्मचारीको चिया नास्ता खान बढी भिडभाड हुने गर्छ।
दुई जनालाई कोरोना संक्रमण देखिएपछि अस्पतालले उनीहरुको सम्पर्कका आएकाहरुको कन्ट्याक्ट ट्र्सिङ गर्ने काम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुरु गरिसकेको जनाएकाे छ । गंगालाल अस्पतालमा यसअघि पनि बिरामीमा काेराेना संक्रमण देखिएकाे थियाे।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा