कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ ।
बुधबार वीरगञ्जस्थित नारायणी कोभिड अस्थायी अस्पताल र नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत दुई जना पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले कोभिड अस्पताल र नेशनल अस्पतालमा उपचाररत दुई जनाको कोरोनाबाट मृत्यु भएको बताएका छन्। उनले भने, उहाँहरु फरक फरक लक्षण लिएर उपचारका लागि अस्पताल आउनुभएको र मृत्युपछि कोरोना पुष्टि भएको हो ।
उनीहरुको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। दुबै जना दीर्घरोगी भएको बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा