Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ ।

बुधबार वीरगञ्जस्थित नारायणी कोभिड अस्थायी अस्पताल र नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत दुई जना पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले  कोभिड अस्पताल र नेशनल अस्पतालमा उपचाररत दुई जनाको कोरोनाबाट मृत्यु भएको बताएका छन्। उनले भने, उहाँहरु फरक फरक लक्षण लिएर उपचारका लागि अस्पताल आउनुभएको र मृत्युपछि कोरोना पुष्टि भएको हो ।

उनीहरुको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। दुबै जना दीर्घरोगी भएको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार