Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि, १४६ जना डिस्चार्ज

नेपालमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि, १४६ जना डिस्चार्ज

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा थप २१० मा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । अहिलेसम्म क्वारेन्टाइमा रहनेको संख्या १४ हजार ४ सय ७१ रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ४९ जनाको कोरोनाबाट मृतयु भएको छ । आज मात्रै १४६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म १४ हजार २१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार