गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा बुधबार थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज थप ५ जनामा कोरोना देखिएको हो । पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा चार जिल्लाका पाँचजनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४३५ पुगेको छ।
आज संक्रमण पुष्टि हुनेहरुमा बाग्लुङको काठेखोला गाउँपालिकाका २३ वर्षीय पुरुष, स्याङ्जाको पुतलीबजार नगरपालिकाका ३५ वर्षीय पुरुष, तनहुँको भिमाद नगरपालिकाका ३७ वर्षीय पुरुष र म्याग्दीको मालिका गाउँपालिकाका ३४ वर्षीय पुरुष तथा अन्नपूर्ण गाउँपालिकाका ३५ वर्षीय पुरुष रहेका छन्। निर्देशनालयका अनुसार संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम