नेपालमा ३ लाख ५२ हजार ३०७ जनाको परीक्षण गर्दा १९ हजारमा संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले नेपालमा हालसम्म कोरोनाको आंशकामा ३ लाख बढीको पीसीआर परीक्षण गरेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारसम्म नेपालमा कोरोनाको आंशकामा देशभरमा २८ वटा प्रयोगशालाबाट ३ लाख ५२ हजार ३०७ जनाको पीसीआर परीक्षण गरिएको जनाएका छन्। उनका अनुसार कोरोनाको आशंकामा क्वारेन्टाइनमा बसेकाबाहेक पनि परीक्षण गर्दा हालसम्म यसको संख्या साढे तीन लाख बढी भएको हो । हालसम्म नेपालमा यति परीक्षण हुँदा १९ हजार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा माघकाे पहिलाे साता पहिलोपटक चीनबाट आएका एक युवकमा कोरोना देखिएपछि सो एकिन गर्नका लागि उनको स्वाब हङकङ पठाइएको थियो ।
तर हाल देशभरमा २८ स्थानबाट नियमित कोरोना परीक्षण भइरहेको डा गौतममले जानकारी दिए । यसैगरी नेपालमा दैनिक रुपमा सरदर ३ हजारदेखि ५ हजारको विचमा पीसीआर परीक्षण हँदै आएको पनि उनले जानकारी दिए । मन्त्रालयका अनुसार अहिले १५ हजार ३३१ जना क्वारेन्टाइनमा रहेका छन् भने हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १३ हजार ८७५ रहेको छ । मंगलबार मात्रै ५ हजार ३२ जनाकाे परीक्षण गरिएकाे थियाे ।
यसैगरी अहिले रौतहट र कैलालीमा मा ५ सय बढी सक्रिय संक्रमित रहेका छन्। उता ५ वटा जिल्ला कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ र रसुवामा अहिले एक जना पनि संक्रमित छैनन्। हालसम्म नेपालमा ४९ जनाले काेराेनाबाट ज्यान गुमाएका छन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त