Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा ३ लाख ५२ हजार ३०७ जनाको परीक्षण गर्दा १९ हजारमा संक्रमण

नेपालमा ३ लाख ५२ हजार ३०७ जनाको परीक्षण गर्दा १९ हजारमा संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले नेपालमा हालसम्म कोरोनाको आंशकामा ३ लाख बढीको पीसीआर परीक्षण गरेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारसम्म नेपालमा कोरोनाको आंशकामा देशभरमा २८ वटा प्रयोगशालाबाट ३ लाख ५२ हजार ३०७ जनाको पीसीआर परीक्षण गरिएको जनाएका छन्। उनका अनुसार कोरोनाको आशंकामा क्वारेन्टाइनमा बसेकाबाहेक पनि परीक्षण गर्दा हालसम्म यसको संख्या साढे तीन लाख बढी भएको हो । हालसम्म नेपालमा यति परीक्षण हुँदा १९ हजार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा माघकाे पहिलाे साता पहिलोपटक चीनबाट आएका एक युवकमा कोरोना देखिएपछि सो एकिन गर्नका लागि उनको स्वाब हङकङ पठाइएको थियो ।

तर हाल देशभरमा २८ स्थानबाट नियमित कोरोना परीक्षण भइरहेको डा गौतममले जानकारी दिए । यसैगरी नेपालमा दैनिक रुपमा सरदर ३ हजारदेखि ५ हजारको विचमा पीसीआर परीक्षण हँदै आएको पनि उनले जानकारी दिए । मन्त्रालयका अनुसार अहिले १५ हजार ३३१ जना क्वारेन्टाइनमा रहेका छन् भने हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १३ हजार ८७५ रहेको छ । मंगलबार मात्रै ५ हजार ३२ जनाकाे परीक्षण गरिएकाे थियाे ।

यसैगरी अहिले रौतहट र कैलालीमा मा ५ सय बढी सक्रिय संक्रमित रहेका छन्। उता ५ वटा जिल्ला कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । भोजपुर, संखुवासभा, मनाङ, मुस्ताङ र रसुवामा अहिले एक जना पनि संक्रमित छैनन्। हालसम्म नेपालमा ४९ जनाले काेराेनाबाट ज्यान गुमाएका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार