Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं भित्रिने तीन नाकाबाट ४८ सय १३ जनाकाे स्वाब संकलन

काठमाडौं भित्रिने तीन नाकाबाट ४८ सय १३ जनाकाे स्वाब संकलन

हेल्थ टिभी अनलाइन\ काठमाडाैं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं  भित्रिने तीन नाकाबाट ४८ सय बढीकाे स्वाब संकलन गरेको बताएको छ ।

मन्त्रालयले काठमाडौंमा  संक्रमितको संख्या बढ्दै गएपछि  समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको छ कि छैन् भन्ने पत्ता लगाउन काठमाडौं छिर्ने मुख्य तीन नाकामा स्वाब संकलन गर्न शुरू गरेकाे जनाएकाे हाे ।

मंगलबार दिउँसोसम्म ४ हजार ८ सय १३ जनाको नुमना संकलन भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। उनका अनुसार फर्पिङ नाकाबाट ९ सय ५५, थानकोट नाकाबाट २ हजार ९ सय १४ र साँगा नाकाबाट ९ सय ४४ जनाको  कोरोना परीक्षणका लागि स्वाब नमुना संकलन भएको छ। यसको रिपोर्ट आउन बाँकी रहेको पनि उनले जानकारी दिए ।

यसैगरी मंगलबार मात्र नेपालमा ३११ जनामा  काेराेना देखिएको छ। याेसँगै नेपालमा  संक्रमितकाे संख्या १९ हजार ६३ पुगेकाे छ भने काेराेनाबाट हालसम्म ४९ जनाले ज्यान गुमाएका छन्।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार