Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुदूरपश्चिममा मंगलवार थप ८० जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा मंगलवार थप ८० जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : सुदूरपश्चिममा थप ८० जनामा कोरोना पुष्टि भएको छ। मंगलबार सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ८० जनामा संक्रमण पुष्टि भएको हो।

डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। उनका अनुसार डोटीका ३५ र बझाङ जिल्लाका ३ जनामा संक्रमण पुष्टि भएको हो।

यता धनगढी प्रयोगशालामा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। सूचना अधिकारी श्रेष्ठका अनुसार डोटीको सायल गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, आदर्श गाउँपालिकाका–७का ३ पुरुष र १ महिला गरी ४ जनामा कोरोना पुष्टि भएको छ।

कैलालीको गोदावरी नगरपालिकाका ७ महिला र ११ पुरुष गरी १८ जनामा पनि कोरोना पुष्टि भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २ बर्षीया बालिकामा समेत संक्रमण पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या ४ हजार ३ सय २७ पुगेको छ।

संक्रमण पुष्टि भएका २ हजार ८ सय १९ जना डिस्चार्ज भईसकेका छन् भने ९ जनाको मृत्यु भएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार