सुदूरपश्चिममा मंगलवार थप ८० जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : सुदूरपश्चिममा थप ८० जनामा कोरोना पुष्टि भएको छ। मंगलबार सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ८० जनामा संक्रमण पुष्टि भएको हो।
डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। उनका अनुसार डोटीका ३५ र बझाङ जिल्लाका ३ जनामा संक्रमण पुष्टि भएको हो।
यता धनगढी प्रयोगशालामा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। सूचना अधिकारी श्रेष्ठका अनुसार डोटीको सायल गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, आदर्श गाउँपालिकाका–७का ३ पुरुष र १ महिला गरी ४ जनामा कोरोना पुष्टि भएको छ।
कैलालीको गोदावरी नगरपालिकाका ७ महिला र ११ पुरुष गरी १८ जनामा पनि कोरोना पुष्टि भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २ बर्षीया बालिकामा समेत संक्रमण पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या ४ हजार ३ सय २७ पुगेको छ।
संक्रमण पुष्टि भएका २ हजार ८ सय १९ जना डिस्चार्ज भईसकेका छन् भने ९ जनाको मृत्यु भएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम