Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै, आजै थपिए ५३ संक्रमित

काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै, आजै थपिए ५३ संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आजै मात्रै ५३ जना नयाँ संक्रमित थपिएका छन्। लकडाउन खुकुलो भएसँगै पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ११ र भक्तपुरका १ जनामा संक्रमण देखिएको हो । यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ९ र ललितपुरका १ जनामा कोरोना पुष्टि भएको छ ।

उता त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा संक्रमण देखिएको छ भने नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा २१ जना र पाटनमा १ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी सानेपास्थित स्टार अस्पतालमा काठमाडौंका ६ जना र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौं उपत्यकामा सहित नेपालभरी ३११ जना नयाँ संक्रमित थपिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार