थप ३११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १९ हजार नाघ्याे
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज थपिएको संख्यासँगै कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको हो ।
आज मात्रै १२१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १३ हजार ८७५ पुगेको छ ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?