Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बझाङमा ६५ वर्षका वृद्धकाे काेराेनाबाट मृत्यु

बझाङमा ६५ वर्षका वृद्धकाे काेराेनाबाट मृत्यु

शेर भण्डारी \डडेल्धुरा : नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ ।

बझाङमा १ कोरोना संक्रमितको मृत्यु भएको हाे । मृत्यु हुनेमा बुङ्गल नगरपालिका ३ का ६५ वर्षका एक वृद्ध रहेका छन्। याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४९ पुगेकाे छ ।

मृतकलाई १४ दिन क्वारेन्टाइन राखेर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै साउन ६ गते घर पठाइएको स्वास्थ्य कार्यालय बझाङले जनाएकाे छ ।

तर घरगएपछि उनमा साउन ९ गतेदेखि स्वास्थ्यमा समस्या आएकाे र एक्कासी  मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। काेराेना परीक्षणका लागि स्वाब संकलन  गर्दा उनमा सोमबार कोरोना पोजेटिभ रिपोर्ट आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार