बझाङमा ६५ वर्षका वृद्धकाे काेराेनाबाट मृत्यु
शेर भण्डारी \डडेल्धुरा : नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ ।
बझाङमा १ कोरोना संक्रमितको मृत्यु भएको हाे । मृत्यु हुनेमा बुङ्गल नगरपालिका ३ का ६५ वर्षका एक वृद्ध रहेका छन्। याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४९ पुगेकाे छ ।
मृतकलाई १४ दिन क्वारेन्टाइन राखेर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै साउन ६ गते घर पठाइएको स्वास्थ्य कार्यालय बझाङले जनाएकाे छ ।
तर घरगएपछि उनमा साउन ९ गतेदेखि स्वास्थ्यमा समस्या आएकाे र एक्कासी मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। काेराेना परीक्षणका लागि स्वाब संकलन गर्दा उनमा सोमबार कोरोना पोजेटिभ रिपोर्ट आएको पनि विज्ञप्तिमा उल्लेख छ ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा