आज विश्व हेपाटाइटिस दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज जुलाई २८ अर्थात विश्व हेपाटाइटिस दिवस । हेपाटाइटिसबारे जनचेतना फैलाउन विभिन्न कार्यक्रम गरी विश्वभर नै यो दिवस मनाईदैछ । नेपालमा पनि हेपाटाइटिसबारे चेतना फैलाउन विभिन्न संघ संस्थाले निशुल्क शिविर एवम अन्तरक्रिया कार्यक्रम गर्दैछन्।
हेपाटाइटिस रोगको बारेमा जनचेतना र यसको उपचारमा सबैको पहुँच पुर्याउनु पर्नेमा दिवसले जोड दिएको छ । हेपाटाइटिस कलेजोलाई संक्रमण गर्ने रोग हो । भाइरसको संक्रमणका कारण बिरामीको कलेजोमा असर पुगी काम गर्न नसक्ने अवस्थामा पुग्नु नै हेपाटाइटिस हो ।
हेपाटाइटिसका हालसम्म ए, बी, सी, डी र ई गरी ५ किसीमका भाइरसहरु रहेको पाईएको छ । हेपाटाइटिस बी भाइरस पत्ता लगाउने बैज्ञानिक बरुच स्यामुअल ब्लूमवर्गको सम्झनामा हरेक बर्ष जुलाई २८ तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम