Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतमा कोरोना संक्रमितको संख्या १५ लाख नजिक, ३३ हजारको मृत्यु

भारतमा कोरोना संक्रमितको संख्या १५ लाख नजिक, ३३ हजारको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा कोरोना संक्रमितको संख्या १५ लाख नजिक पुगेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मंगलबार बिहानसम्म भारतमा कोरोना संक्रसिमतको संख्या १४ लाख ८४ हजार १३६ पुगेको छ । यसैगरी हालसम्म ३३ हजार ४६१ जना संक्रमितको मृत्यु भइसकेको छ । गत २४ घण्टामा मात्रै त्यहाँ ४७ हजार ७०४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने ७०४ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा ९ लाखा ५२ हजार बढी संmत्रमित उपचार पछि निको भएर घर फर्केको बताइएको छ । यसैगरी ४ लाख ९६ हजार बढी संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । भारत कोरोना संक्रमणबाट बढी प्रभावित देशहरुमध्ये तेस्रो नम्बरमा छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार