नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो
१३९ जना नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको बताएका हुन्।
मन्त्रालयका अनुसार बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको हो । उनी निमोनिया, मिर्गौलासम्बन्धी रोगी भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी धनुषा डुमरियाका का ३६ वर्षीय संक्रमित युवकको साउन १० गते जनकपुर अस्पतालमा उपचार भएको र थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजादै गर्दा बाटोमै निधन भएको हो ।
त्यसैगरी आइतबार नै पर्सा जिल्ला वीरगंज बस्ने भारतीय नागरिक ६५ वर्षीय पुरुषको गण्डक अस्पतालमा निधन भएको थियो ।
यसैगरी सोमबार नेपालका विभिन्न जिल्लामा गरी १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १३ हजार ७५४ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम