Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो

१३९ जना नयाँ संक्रमित थपिए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको बताएका हुन्।

मन्त्रालयका अनुसार बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको हो । उनी निमोनिया, मिर्गौलासम्बन्धी रोगी भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी धनुषा डुमरियाका का ३६ वर्षीय संक्रमित युवकको साउन १० गते जनकपुर अस्पतालमा उपचार भएको र थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजादै गर्दा बाटोमै निधन भएको हो ।

त्यसैगरी आइतबार नै  पर्सा जिल्ला वीरगंज बस्ने भारतीय नागरिक ६५ वर्षीय पुरुषको गण्डक अस्पतालमा निधन भएको थियो ।

यसैगरी सोमबार नेपालका विभिन्न जिल्लामा गरी १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १३ हजार ७५४ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार