मणिपाल अस्पतालका डाक्टरमा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \पोखरा : पोखराको मणिपाल शिक्षण अस्पतालका एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पताको मेडिकल वार्डमा कार्यरत एमडी पहिलो वर्षमा पढ्दै गरेका डाक्टरमा कोरोना पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।
उनमा हल्का ज्वरो आएपछि आइतबार स्वाब संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको थियो । उनको आज रिपोर्ट पोजेटिभ आएको हो ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज अपरान्ह १२ बजे विज्ञप्ति जारी गर्दै कास्कीको दुई जनामा कोरोना पुष्टि भएको जनाएको छ । ती मध्ये एक जना डाक्टर रहेको अस्पताल स्रोतको भनाई छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा