Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काेराेनाकाे जाेखिम बढेकाे भन्दै विराटनगर महानगरले गर्‍यो अत्यावश्यक बाहेकको सेवा बन्द

काेराेनाकाे जाेखिम बढेकाे भन्दै विराटनगर  महानगरले गर्‍यो अत्यावश्यक बाहेकको सेवा बन्द

हेल्थ टिभी अनलाइन \विराटनगर: विराटनगर महानगरपालिकाले कोरोनाको संक्रमण समुदायमा फैलिएको भन्दै यसलाई नियन्त्रण गर्न अत्यावश्यक सेवाबाहेक अन्य कार्य सोमबारदेखि स्थगित गर्ने निर्णय गरेको छ।

आइतबार महानगरपालिका प्रमुख भीम पराजुलीको अध्यक्षतामा बसेको नगरस्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिसबाहेकका अन्य सबै सेवा स्थगित गर्ने निर्णय गरिएको पराजुलीले बताए ।

बैठकले नगरक्षेत्रभित्र संक्रमितको संख्या दिन प्रतिदिन वृद्धि हुँदै गएकाले सचेतनाका साथ स्वास्थ्य एवम् सुरक्षामा आवश्यक कडाइ गर्ने पनि निर्णय गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार