Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ६४ लाख नाघ्यो, ६ लाख ५२ हजारले गुमाए ज्यान

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ६४ लाख नाघ्यो, ६ लाख ५२ हजारले गुमाए ज्यान

हेल्थ टिभी अनलाइन\ काठमाडौं : विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ६४ लाख नाघेको छ । वर्ल्डोमिटरका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ६४ लाख १३ हजार ९४५ पुगेको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै प्रभावित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल र तेस्रो स्थानमा भारत रहेको छ । चीनबाट भाइरस फैलिएको भए पनि चीन आफै प्रभावित देशकोे टप २० मा पनि परेको छैन्।

विश्वमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख ५२ हजार ५७ पुगेको छ । यसैगरी हालसम्म १ करोड भन्दा बढी मानिसले कोेरोना जितेर डिस्तार्ज भएका छन्। । वर्ल्डोमिटरका अनुसार अमेरिकापछि ब्राजिलमा धेरै संक्रमित रहेको पाइन्छ । त्यहाँ हालसम्म संक्रमितको संख्या २४ लाख १९ हजार बढी पुगेको छ ।

यसैगरी भारतमा हालसम्म १४ लाख ३६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ भने ३२ हजार ८१२ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार