कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै : वीरगञ्जमा मृत्यु भएका वृद्धमा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक वृद्धको रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।उनले भने, ‘उहाँको रिपोर्ट पोजेटिभ आएको हो ।’ योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।
दीर्घरोगी उनलाई केही दिनदेखि ज्वरो आउने र अन्य समस्या आएको थियो । शनिबार राति उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि वीरगञ्ज हेल्थकेयरबाट कोभिड अस्पतालमा भर्ना गरिएको डा उपाध्यायले जानकारी दिए । उनको आइतबार बिहान उपचारकै क्रममा मृत्यु भएको थियो ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त