Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै : वीरगञ्जमा मृत्यु भएका वृद्धमा संक्रमण पुष्टि

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै : वीरगञ्जमा मृत्यु भएका वृद्धमा संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक वृद्धको रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।उनले भने, ‘उहाँको रिपोर्ट पोजेटिभ आएको हो ।’ योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

दीर्घरोगी उनलाई केही दिनदेखि ज्वरो आउने र अन्य समस्या आएको थियो । शनिबार राति  उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि वीरगञ्ज हेल्थकेयरबाट कोभिड अस्पतालमा भर्ना गरिएको डा  उपाध्यायले जानकारी दिए । उनको आइतबार बिहान उपचारकै क्रममा मृत्यु भएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार