एसिड आक्रमणमा परेकी युवतीलाई भेट्न अस्पताल पुगे स्वास्थ्यमन्त्री ढकाल
उपचारमा सहयोग गर्ने आश्वासन
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा एसिड आक्रमणमा परेकी ओखलढुंगाकी पवित्रा कार्कीको उपचारमा सरकारले सघाउने आश्वासन दिएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल घाइते युवतीलाई भेटेर उक्त आश्वासन दिएका हुन्। मन्त्री ढकाल उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए । उनले घाइते युवतीलाई उपचारमा सघाउने र दोषीलाई कारवाही हुने बताएका हुन्।
मन्त्री ढकालले पीडितका आफन्त तथा चिकित्सकसँग कुराकानी गरेका थिए । मन्त्री ढकालसाग ओखलढुंगाबाट निर्वाचित सांसद यज्ञराज सुनुवार पनि गएका थिए ।
स्थायी घर ओखलढुङ्गा भएर हाल सीतापाइलामा बस्दै आएकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले एसिड प्रहार गरेका थिए । फैयाजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि एसिड छ्याप्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
दुवै अभियुक्तलाई प्रहरीले बिहीबार नै पक्राउ गरेको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा