Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एसिड आक्रमणमा परेकी युवतीलाई भेट्न अस्पताल पुगे स्वास्थ्यमन्त्री ढकाल

उपचारमा सहयोग गर्ने आश्वासन

एसिड आक्रमणमा परेकी युवतीलाई भेट्न अस्पताल पुगे स्वास्थ्यमन्त्री ढकाल

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा एसिड आक्रमणमा परेकी ओखलढुंगाकी पवित्रा कार्कीको उपचारमा सरकारले सघाउने आश्वासन दिएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल घाइते युवतीलाई भेटेर उक्त आश्वासन दिएका हुन्। मन्त्री ढकाल उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए । उनले घाइते युवतीलाई उपचारमा सघाउने र दोषीलाई कारवाही हुने बताएका हुन्।

मन्त्री ढकालले पीडितका आफन्त तथा चिकित्सकसँग कुराकानी गरेका थिए । मन्त्री ढकालसाग ओखलढुंगाबाट निर्वाचित सांसद यज्ञराज सुनुवार पनि गएका थिए ।

स्थायी घर ओखलढुङ्गा भएर हाल सीतापाइलामा बस्दै आएकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले एसिड प्रहार गरेका थिए । फैयाजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि एसिड छ्याप्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दुवै अभियुक्तलाई प्रहरीले बिहीबार नै पक्राउ गरेको थियो ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार