Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि

आइतबार काठमाडौंमा थपिए ८ जना संक्रमित

नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशका विभिन्न जिल्लामा गरी १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आज ८ जना कोरोना संक्रमित थपिएका छन्।

आइतबार देशभरका प्रयोगशालामा ३ हजार ३ सय नमुना परीक्षण गर्दा १३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए । संक्रमितमध्ये १३ हजार १२८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।
नेपालमा हालसम्म ४५ जनाको काेराेनाबाट मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार