नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि
आइतबार काठमाडौंमा थपिए ८ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशका विभिन्न जिल्लामा गरी १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आज ८ जना कोरोना संक्रमित थपिएका छन्।
आइतबार देशभरका प्रयोगशालामा ३ हजार ३ सय नमुना परीक्षण गर्दा १३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए । संक्रमितमध्ये १३ हजार १२८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।
नेपालमा हालसम्म ४५ जनाको काेराेनाबाट मृत्यु भएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम