Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना संक्रमित विराट मेडिकल कलेजका सञ्चालक डा कार्कीलाई काठमाडौं ल्याइयो

कोरोना संक्रमित विराट मेडिकल कलेजका सञ्चालक डा कार्कीलाई काठमाडौं ल्याइयो

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण पुष्टि भएका विराट मेडिकल कलेजका संचालक डा ज्ञानेन्द्रमान सिंह कार्कीको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याइएको छ ।

कोरोना पुष्टि भए पनि शुरुमा होम आइसोलेसनमै बसेका डा कार्की शुक्रबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि काठमाडौं ल्याइएको हो ।

त्रिवि शिक्षण अस्पतालका कोभिड -१९ नियन्त्रण सम्बन्धी समितिका संयोजक डा सन्तकुमार दासले उनमा निमोनिया देखिएपछि अस्पतालमा भर्ना गरिएको  बताए । उनले डा कार्कीको अवस्था अहिले सामान्य रहेको पनि जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार