Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुदूरपश्चिममा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \डडेल्धुरा :  सुदूरपश्चिममा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार डडेल्धुरा प्रयोगशालामा २०, सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा २, धनगढी प्रयोगशाला र पाटन अस्पतालमा भएको परीक्षणमा १/१ जना गरी थप २४ जनामा कोरोना पुष्टि भएको हो।

डडेल्धुरामा भएको परीक्षणमा डोटीका १३, डडेल्धुराका ४ र बैतडीका ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। उनका अनुसार पाटन अस्पतालमा भएको परीक्षणमा अछामका १ जनामा पनि संक्रमण पुष्टि भएको छ।

यस्तै सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा अछामका थप २ जनामा संक्रमण पुष्टि भएको डाक्टर गौतमले बताए। धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ६० जनाको कोरोना परीक्षण गरिएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ३ सय ६० जनाको कोरोना परीक्षण गर्दा १ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १७ बर्षीय युवकमा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ९ पुगेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार